Fursad Times बुधबार, भाद्र ०२, २०७८

बरहथवा , २भदौ । बोकेदारीको नयाँ नयाँ गीतहरु अहिले बजारमा आइ रहेकाछन तेस मध्य यो एक हो ” गित बज्यो ट्याक्सीमा ” विगत लामो समय देखि हाँस्य एबम् समय सान्दर्भिक गीतहरु निकाल्दै आएका लेखक, गायक र संगीत पनि आफै दिदै आएका श्री कृष्ण लुइँटेलले आज फेरि नयाँ गीत सार्वजनिक गरेका छन्।

भर्खरै यु ट्युब बाट सार्वजनिक गरेको उक्त गीतको बोल रहेकोछ गीत बज्यो ट्याक्सीमा। बोकेदारीले दर्शकको मनोरंजनका लागि एक पछी अर्को गीत सार्वजनिक गर्दै दर्शकको मन जितिरहेको छन्। उनले बिदेशमा जादाको पीडा र बिहे पछिको जिवनको भोगाइलाई आफ्नो गीतमा समाबेश गरेका छन । जुन गीत केही हप्ता अगाडी मात्र उनीले यु ट्युबमा सार्वजनिक गरेका थे उक्त गीतको बोल रहेको छ केराको थम्बा, बिहेमा आको छु जस्ता गीत सार्वजनिक गरिसकेका छन्। बोके मीडिया द्वारा सार्वजनिक भएको गीतमा संगीत/गायन/शब्द स्वयम बोकेदरी एबम श्री कृष्ण लुइँटेलले गरका छन् भने गीतको छायानकन केशव रायमाझिले गरेका छन्।

म्युजिक भिडियोमा केशव रायमाझि , कल्पना पाण्डे, प्रतीक श्रेष्ठ, कृष्ण सुवेदी, अमरजीत शर्माको प्रस्तुती रहेको छ।

गीतमा उनले हाल हाम्रो समाजमा मादक पदार्थले घटेको घटनालाई व्यंग प्रहार गर्दै रमाइलो शब्द रचना गरेका छन्।