Fursad Times बुधबार, भाद्र ०२, २०७८

https://youtu.be/cmkppBAFUCY

पछिल्लो समय एकपछि अर्को गर्दै बिभिन्न कम्पनीहरुले आईपीओ निष्काशन गरिरहेका छन । सेयर बजारमा आउनेको संख्या अत्याधिक बढेपछि धेरै प्राईभेट कम्पनीहरु पब्लिक कम्पनीमा परिणत भएर साधारण सेयर अर्थात आईपीओ जारी गरिरहेका छन् । यस्तै एकदमै राम्रो वित्तीय अवस्था भएको कम्पनिको आईपीओ आउने भएको छ । सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर अर्थात आईपीओ जारी गर्ने तयारी गरिरहेको हो ।

यो राष्ट्रिय स्तरको नेपाल राष्ट्र बैँकबाट घ वर्गको ईजाजत पत्र प्राप्त लघुवित्त वित्तीय संस्था हो । लिग्राम लघुवित्तसँग मर्ज भएको लघुवीत्तको केन्द्रिय कार्यालय म्याग्दीको बेनीमा रहेको छ ।

सीवाईसी नेपालले ३ लाख ९५ हजार ३ सय ३५ कित्ता साधारण सेयर जारी गर्न लागेको हो । यसको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहने छ ।

सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको ईपीयस ९०.८८ रहेको छ । अर्थात यसले एक कित्ता सेयर बराबर ९० रुपैयाँ ८८ पैसा कमाउने गरेको छ । यो लघुवित्तको बुक भ्यालु भने २ सय २७ रुपैयाँ २९ पैँसा रहेको छ ।

यस लघुवित्तले अझै पनि आईपीओ जारी गर्ने मिति भने सार्वजनिक गरेको छैन् । यस अघि महिला लघुवित्त र जीवनविकास लघुवित्त जस्तै यो पनि धेरै माथी सम्म पुग्ने आईपीओ भएकाले भर्न नछुटाउनु होला ।