Fursad Times मंगलबार, भाद्र ०१, २०७८

भक्तपुर – निर्मला पन्तलाई न्याय माग्दै सामाजिक अभियान्ता सावित्री सुवेदीले धनगढीमा प्रर्दशन गर्न पुगेकी छिन्। मंगलबार उनले धनगढीमा मुख्यमन्त्री कार्यालय अगाडि विरोध प्रर्दशन गरेकी हुन्।
‘बलात्कारीलाई फाँसी दे ! निर्मलालाई न्याय दे ! मेरो शरीर मेरो अधिकार !’ भन्दै उनीले एक्लै मुख्यमन्त्री कार्यालय अगाडि प्रर्दशन गरेकी हुन् ।
निर्मला पन्तको बलत्कार पछि हत्या भएको घटनाको ३ वर्ष पुरा भइसक्दा पनि अझै न्याय नमिलेको र दिनदिनै छोरी चेली बलात्कार हुँदा पनि सरकारले कुनै कदम नचाली चुप रहेका कारण न्यायको माग गर्दै आफू धनगढी आएको उनले बताइन्।
‘हामीले नाङ्गै हिडे पनि कसैलाई बलात्कार गर्ने अधिकार छैन्। सरकारले निर्मलालाई न्याय दिन नसक्ने भए भनोस् हामी आफै अगाडि बढ्छौ’ उनले भनिन्।सरकारले बलात्कारीलाई फाँसी दिने कानून बनाउनु पर्ने र कानून नबनाएसम्म महिलाहरु चुप नबस्ने उनको भनाई थियो।  झापाबाट धेरै पटक धनगढी आइसकेको र निर्मलाले न्याय नपाउँन्जेल धनगढी आइरहने उनले बताइन्।

https://youtu.be/vcZNZTeM_AM