Fursad Times आइतबार, साउन ३१, २०७८

नेपाली सेयर बजारमा लगानीकर्तालाई एकपछि अर्काे गर्दै लागनीका अवसर निरन्तर आईरहेका छन् । आईपीओहरु धमाधम आईरहेको बेला फेरि अर्को लाइफ इन्स्योरेन्सले ठूलो मात्रामा आइपियो निस्कासन गर्न नेपाल धितोपत्र बोर्डमा अनुमती माग गर्दै निवेदन दिएको छ ।

रिलायबल लाइफ इन्स्योरेन्स लिमिटेडले आईपीओ निष्कासनका लागि प्रक्रिया अगाडि बढाएको छ । लाइफ इन्स्योरेन्सले १ अर्ब २७ करोड २० लाख रुपैयाँबराबरको आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको हो । गत साउन १२ गते आइपियो निस्कासन गर्न कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन पेस गरेको छ । धितोपत्र बिक्री प्रबन्धकमा भने सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

रिलायबलले अघिल्लो आर्थिक बर्षको तुलनामा गत आर्थिक बर्ष ५.३९ प्रतिशतले खुद मुनाफा बढाएको वित्तीय विवरण सार्वजनिक गरेको हो । रिलायबलले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक बर्षको तुलानामा गत आर्थिक बर्ष खुद मुनाफा १ करोड १६ लाखले बढेर २१ करोड ४३ लाख पुगेको छ। रिलायबलको प्रति सेयर आम्दानी १६ रुपैयाँ १४ पैसा र प्रति सेयर नेटवर्थ १६५ रुपैयाँ ९६ पैसा रहेको छ।

रिलायबलले प्रिमियम मूल्यमा आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले अंकित मूल्य १०० मा ११२ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २१२ रुपैयाँमा आईपिओ निष्काशन गर्नको लागि अनुमति माग गरेको हो ।

कम्पनीले सर्वसाधरणलाई ६० लाख कित्ता शेयर निष्काशन गर्नको लागि अनुमति माग गरेको हो। हाल कम्पनीको १ अर्ब ४० करोड रुपैयाँ छ भने आईपिओ निष्काशनपछि २ अर्ब पुग्ने छ।

 

https://youtu.be/9K8QrkeMlSM