Fursad Times शनिबार, साउन ३०, २०७८

भक्तपुर । सानिमा लाइफ इन्स्योरेन्स कम्पनिको सेयर बाँडफाँड सम्पन्न भएको छ । यस कम्पनीले साउन २० गते, बुधबारदेखि साउन २४ गते आईतबारसम्म प्रतिकित्ता १०० रुपैयाँ दरले ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ बिक्री खुल्ला गरेको हो ।

कुल आइपियो मध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कम्पनिका कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लगानी कोषहरुलाई छुट्याएर बाँकी रहेको ५४ लाख कित्ता सर्वसाधारणलाई छुट्याइएको थियाे । कम्पनिको आईपीओमा २४ लाख १९ हजार १ सय २७ आवेदकबाट ३ करोड ६९ लाख ४३ हजार ४ सय ४० कित्ता सेयर खरिदका लागि आवेदन परेको जनाएको छ । कम्पनीको आईपीओले हालसम्मका सबै रेकर्डहरु ब्रेक गरेकाे थियाे । कम्पनिको आइपियोमा भाग भन्दा ६.८४ गुणा बढी आवेदन हो ।

सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको आईपिओको नतिजा तीन वटा वेभसाइटबाट हेर्न मिल्ने व्यवस्था गरिएको प्रभु क्यापिटलले जनाएको छ । प्रभु क्यापिटलका चिफ अपरेटिङ अफिसर कृष्ण गिरीका अनुसार आईपिओ बाँडफाँड गरेको केही घण्टापछि नतिजा तीन वटा साइटमार्फत हेर्न सकिने व्यवस्था गरिएको छ ।

आइपीओको नतिजा कम्पनीको वेबसाइट, बिक्रि प्रबन्धकको वेबसाइट, सिडीएसको नयाँ वेबसाइटबाट हेर्न सकिने छ ।

जस अनुसार सानिमा लाइफको वेबसाइट https://sanimalife.com/ipo_alert/ , बिकी प्रबन्धक प्रभु क्यापिटल  https://results.prabhucapital.com/ , सिडीएसले आईपिओको लागि संचालन गरेको https://iporesult.cdsc.com.np/ वेबसाइटबाट हेर्ने सकिने छ ।

साथै नतिजा प्रकाशन भइसकेपछि मेरो शेयरको व्यक्तिगत एकाउन्टबाट लगइन गरेर समेत हेर्न सकिने प्रभु क्यापिटलले जनाएको छ ।

आज विहान ११ः०० बजे आईपिओ बाँडफाँड सम्पन्न भएपछि अपरान्ह ३ बजेसम्म नतिजा निकाल्ने तयारी भइरहकेो छ ।

https://youtu.be/6rExbvYKRCU