Fursad Times शनिबार, साउन ३०, २०७८

मानुषी लघुवित्त वित्तिय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेकाे आईपीओमा आवेदनकाे बाढी नै लागेकाे छ । निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका अनुसार शुक्रबार सम्ममा १८ लाख भन्दा बढी आवेदकहरूले २ करोड ४० लाख कित्ता भन्दा माथि आवेदन दिएका छन् । यो माग गरिएकाे भन्दा ६५.२९ गुणा धेरै हो ।

यदि आगामी दिनहरुमा पनि यहि अनुपातमा आवेदन पर्ने हाे भने मानुषीले अहिले सम्मका सबै रेकर्ड समेत ताेड्न छ । संस्थाले प्रतिकित्ता १०० रुपैयाँ दरमा ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गरेकाे हाे ।

कुल आइपियो मध्ये ५ हजार ४६९ कित्ता कर्मचारीहरुका लागि र १९ हजार ६८८ कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी ३ लाख ६८ हजार ५९३ कित्ता सेयरका सर्वसाधारणहरूका लागि छुट्याइएकाे छ ।

सर्वसाधारणले आइपीओमा छिटोमा साउन ३१ गते र ढिलोमा भदौ ९ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

संस्थाको आईपीओमा आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर वेभसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन् ।

 

https://youtu.be/yL1oWQDZb64