Fursad Times शुक्रबार, साउन २९, २०७८

डिस होमले सञ्चालक समितिको बैठकले बुक बिल्डिङ विधिबाट शेयर निष्कासन गर्नु पर्ने तर्क राखेपछि एक सय रुपैयाँ दरको आइपिओ निष्कासन प्रक्रियालाई रोकेको छ।
डिस होम मिडिया नेटवर्कले गएको वर्ष ३० असार २०७७ मा प्राथमिक शेयर निष्कासन गर्ने भन्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको थियो । तीन महिना पछि बोर्डले प्रकृया अघि बढाउँदै असोज १९ गते कम्पनिसङ्ग थप कागजपत्र माग गरेको थियो । बोर्डले कम्पनीसङ्ग थाप कागजपत्र मागे गरे पनि कम्पनीले बोर्डलाई कुनै जवाफ नपठाएको बोर्डले जनाएको छ । कम्पनीले भने दैनिक कारोबार बढ्दै गएको र नेटवर्थ समेत राम्रो हुँदै गएकोले अब कम्पनीले प्राथमिक शेयर निष्कासनको प्रक्रिया परिवर्तन गर्न लागेको हो ।

कम्पनीले भने एक सय रुपैयाँमा शेयर बिक्री गर्ने भन्दा पनि अब बुक बिल्डिङ विधि मार्फत शेयर निष्कासन गर्ने निर्णय गरेकोले बोर्डलाई जवाफ नदिएको बताएको छ। यस अघि कम्पनीले एक सय रुपैयाँ कै दरमा शेयर निष्कासन गर्ने भन्दै बोर्डमा निवेदन दिएको थियो । त्यस समय प्रिमियम मै जान सकिने भएपनि कम्पनीको नेटवर्थ त्यति मजबुत नभएकोले उसले प्रिमियम मूल्यमा जाने कन्फिडेन्स देखाउन सकेको थिएन। तर अब भने कम्पनीको नेटवर्थ मजबुत हुँदै गएको र नाफामा पनि सुधार हुँदै जाँदा कम्पनी बुक बिल्डिङ विधिमा आकर्षित हुँदै गएको हो।

यति बेला कम्पनीको कुल चुक्ता पूँजी दुई अर्ब एक करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्ष मात्रै ६५ करोड रुपैयाँ नाफा गरेको थियो भने उक्त वर्ष उसको प्रति शेयर नेटवर्थ १३० को हाराहारीमा रहेको थियो।

हाल कम्पनी बार्षिक रिपोर्ट बनाउनै मा व्यस्त रहेको छ । भदौको पहिलो सातासम्म कम्पनीले गत वर्षको पनि रिपोर्ट आउने गरी काम गरिरहेको छ। प्रारम्भिक रुपमा गत वर्षको भन्दा नाफा बढेको देखिएको छ भने प्रति शेयर नेटवर्थ पनि उल्लेख्य बढ्ने अनुमान गरिएको छ। गत वर्षसम्म उसको प्रति शेयर नेटवर्थ बढेर १५० को हाराहारीमा पुग्ने अनुमान कम्पनीले गरेको छ।

https://youtu.be/bvO_h55ZWsU