Fursad Times बिहिबार, साउन २८, २०७८

भक्तपुर । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको आइपियो बाडफाडको मिति तोकियो । कतिमा हुन्छ त पहिलो कारोबार ?

सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे आईपीओको साउन ३० गते बाँडफाँड गर्ने कम्पनीकाे आईपीओकाे बिक्री प्रबन्धक प्रभु क्यापिटलले जानकारी दिएको छ । यस कम्पनीले साउन २० गते, बुधबारदेखि साउन २४ गते आईतबारसम्म प्रतिकित्ता १०० रुपैयाँ दरले ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ बिक्री खुल्ला गरेको हो ।

कुल आइपियो मध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कम्पनिका कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लगानी कोषहरुलाई छुट्याएर बाँकी रहेको ५४ लाख कित्ता सर्वसाधारणलाई छुट्याइएको थियाे । कम्पनिको आईपीओमा २४ लाख १९ हजार १ सय २७ आवेदकबाट ३ करोड ६९ लाख ४३ हजार ४ सय ४० कित्ता सेयर खरिदका लागि आवेदन परेको जनाएको छ । कम्पनीको आईपीओले हालसम्मका सबै रेकर्डहरु ब्रेक गरेकाे थियाे । कम्पनिको आइपियोमा भाग भन्दा ६.८४ गुणा बढी आवेदन हो ।

  1. आइपियोमा मागभन्दा धेरै आवेदन परेकाे हुनाले आईपीओकाे बाँडफाँड गोलाप्रथा गरेर ५ लाख ४० हजार आवेदकलाई १० कित्ता सेयर प्रदान गरिने छ भने बाँकी करिब १८ लाख ५० हजार आवेदकहरुको भने हात खाली हुनेछ ।
    कम्पनीको आर्थिक वर्ष २०७६/७७ सम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार प्रतिसेयर नेटवर्थ १०९ रूपैयाँ ६७ पैसा रहेको छ । आर्थिक वर्ष २०७९/८० सम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १३९ रूपैयाँ ३३ पैसा पुग्ने प्रक्षेपण गरिएको छ । यसर्थ कम्पनिको पहिलो कारोबार १०९ रुपैयाँ ६७ पैसा देखि ३२९.१ रुपैया हुने अनुमान गरिएको छ  ।

https://youtu.be/nY8SAlBZC3w