Fursad Times बुधबार, साउन २७, २०७८

सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड कहिले हाेला भन्ने सबैकाे चासाेकाे विषय बनेकाे छ । हालसम्म बैंकहरूबाट आईपीओकाे भेरिफिकेसनकाे काम सक्किएकाे भएता पनि क्यापिटलकाे रिपाेर्ट जेनेरेट गर्ने काम बाँकी रहेकाे निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडका प्रमुख अपरेटिङ्ग अफिसर कृष्ण गिरीले जानकारी दिएका छन् ।
कम्पनी लिमिटेडले साउन २० गते, बुधबारदेखि साउन २४ गते आईतबारसम्म प्रतिकित्ता १०० रुपैयाँ दरले ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ बिक्री खुल्ला गरेको हो । कुल आइपियो मध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लगानी कोषहरुलाई र बाँकी ५४ लाख कित्ता सर्वसाधारणलाई छुट्याइएको थियाे ।
कम्पनीको आईपीओमा हाल सम्मकै उच्च आवेदन परेको छ २४ लाख १९ हजार १ सय २७ आवेदकबाट ३ करोड ६९ लाख ४३ हजार ४ सय ४० कित्ता सेयर खरिदका लागि आवेदन परेको जनाएको छ । यो मागभन्दा ६.८४ गुणा बढी आवेदन हो ।

मागभन्दा धेरै आवेदन परेकाे हुनाले याे आईपीओकाे बाँडफाँड गोलाप्रथाद्धारा गरिनेछ । गाेलाप्रथाबाट बाँडफाँड गर्दा ५ लाख ४० हजार आवेदकले १० कित्ता सेयर प्राप्त गर्नेछन् भने बाँकी करिब १८ लाख ५० हजार आवेदकहरुको भने हात खाली हुनेछ ।

https://youtu.be/fFFj_2vhVpQ