Fursad Times मंगलबार, साउन १२, २०७८

भक्तपुर । केही दिन अघि मात्रै नेपाल धितोपत्र बोर्डबाट आइपियो निस्कासनको अनुमती पाएको मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन २७ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ ।

यस कम्पनीले ३ करोड ९३ लाख ७५ हजार बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनिले कुल आइपियो मध्य ५ हजार ४६९ कित्ता कर्मचारीको लागि र १९ हजार ६८८ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएको छ भने बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ ।

हाल कम्पनीको चुक्तापूँजी रू. ७ करोड रहेको छ । आईपीओ निस्कासन पश्चात उक्त पूँजी रू. १० करोड ९३ लाख ७५ हजार पुग्नेछ । कम्पनीले निष्कासन गर्न लागेको आईपीओलाई केयर रेटिङ नेपालले केयर एनपी बि प्लस रेटिङ प्रदान गरेको छ । यो रेटिङ्गले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको देखाउँछ । आवेदकले यस आईपीओमा साउन ३१ गतेसम्म आवेदन गर्न सक्नेछन् । यदि सो समय भित्र सबै सेयर विक्री भएन भने भदौ ९ गतेसम्म आवेदन दिन सकिनेछ ।

मानुषी लघुबित्त बित्तीय संस्थाले आईपीओ निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट असार ३१ गते स्वीकृति पाएको हो । बोर्डबाट स्वीकृति पाएको यस कम्पनिले साउन २७ गतेबाट आइपियो निस्कासन गर्ने भएको छ ।

https://youtu.be/L9pNeWoJgng