Menus

Fursad Times शुक्रबार, साउन ०८, २०७८

आइपियो बाँडफाँड गरेका तीक कम्पनिको आइपियो अहिले सम्म किन सुचीकृत भएन ? जीवन बिकास लघुवित्त ,मनकामना स्मार्ट लघुबित्त र युनियम लाइफ इन्सुरेन्सले आइपियो निस्कासन गरेर पनि बाडफाड गरि सकेका छन । यी तिनै वटा कम्पनिले सेयर बाँडफाँड गरे पनि दोस्रो बजारमा भने कारोबार गरेका छैनन । जीवन विकास लघुवित्तले सर्वसाधारणलाई शेयर बाँडफाँट गरेको थिय ८ गते १७ दिन पुगेको छ। कम्पनीले असार २३ गते सर्वसाधारणलाई शेयर बाँडफाँट गरेको हो । मनकामना लघुवित्तले शेयर बाँडफाँट गरेको १० दिन पुग्यो। उसले असार ३० मा शेयर बाँडफाँट गरेको हो। उता युनियन लाइफले असार ३१ मा शेयर बाँडफाँट गर्‍यो। यी तीनै कम्पनीले सर्वसाधारणलाई शेयर बाँटफाँट गरेको भएपनि दोस्रो बजारमा अझै सूचीकृत गराएका छैनन्। यी तीनै कम्पनी सूचीकरणको प्रक्रियामा रहेको बताउँछन्। आखिर किन त यी तीनै कम्पनिले दोस्रो बजारमा सुचिकृत गरेनन ?

सूचीकृत गराउनु पर्ने मध्येको जीवन विकास लघुवित्तले भने बिहीबार मात्रै नेपाल स्टक एक्सचेन्जमा सूचीकरणको लागि निवेदन दर्ता गराएको छ भने अरू दुई कम्पनीले निवेदन समेत दिएका छैनन्। जीवन विकासले असारमा शेयर सूचीकरण गराउँदा दोहोरो शुल्क लाग्ने भन्दै साउन लगाएको बुझिएको छ। असारमा शेयर सूचीकृत गर्दा पुनः साउनमा नवीकरण गर्नुपर्ने भएकोले उसले सूचीकरण नै साउनमा पुर्‍याएको हो। जसले गर्दा उसलाई एक वर्षको सूचीकरण शुल्क कम लाग्ने छ। भने अन्य दुई कम्पनी पनि यहि कारणले गर्दा सुचिकरण गराउन समय लगाएको बुझिन्छ ।

https://youtu.be/Zk7VnQXQVKk