Fursad Times शुक्रबार, साउन ०१, २०७८

भक्तपुर । अझै पनि विश्वमा कोरोना भाइरसको खतरनाक भेरियन्ट फैलन सक्ने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएअचओ)ले चेतावनी दिएको छ । डब्ल्यूएअचओको इमरजेन्सी बैठकले अब फैलिने भेरियन्ट रोक्न निकै मुस्किल हुने बताएको बीबीसीले जनाएको छ। केही देश तथा व्यक्तिहरुले अब विश्वमा कोरोना महामारी सकिन लागेको भन्ने भ्रम फैलाउ थालिएको प्रति सचेत रहन सबैलाई डब्ल्यूएअचओले आग्रह गरेको छ।
डब्ल्यूएचओका प्रमुख डाक्टर टेड्रोस एड्नाम ग्रेब्रिसियसले कोरोनाको महामारी सकिन नलागेको र यो झन महामारी नजिकसमेत नपुगेको स्पष्ट पारेको कुरा बीबीसीमा उल्लेख छ।
हाल विश्वमा १८ करोड ९६ लाखभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ भने कोरोनाका कारण ४० लाख ८२ हजारभन्दा धेरैको ज्यान गएको छ। कोरोना महामारिको झन भयानक रुप आउन सक्ने भएकाले सबैलाई कोरोना विरुद्धको खोप लगाउन र स्वास्थ्यका मापदण्ड पनि पालना गर्न डब्ल्यूएअचओ आग्रह गरेको छ।

 

https://youtu.be/njm5f8a8ViE