Fursad Times शनिबार, आषाढ २६, २०७८

भक्तपुर । नेपाल धितोपत्र बोर्ड (सेवोन)ले चालु आर्थिक वर्षमा कूल रु १४ अर्ब चार करोड ९७ लाख सात हजार २५ बराबरको हकप्रद सेयर बिक्रीका लागि अनुमति दिएको छ । बोर्डको विवरणअनुसार विभिन्न सात कम्पनीहरुले चालु आवमा हकप्रदख सेयर बिक्रीका लागि अनुमति पाएका छन् । सात कम्पनिहरुमा सबैभन्दा ठूलो परिमाणको हकप्रद सेयर भने हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको रहेको छ ।

जलविद्युत् क्षेत्रको विकासका लागि स्थापना भएको सो कम्पनीले धेरै आयोजनामा नै लगानी गरेको छ । कम्पनीको कुल चुक्ता पूँजी रु २२ अर्ब पुर्‍याउने लक्ष्यका साथ एचआडिसिएलले हकप्रद सेयर बिक्री गर्न लागेको हो भने बोर्डले पनि कम्पनीलाई रु ११ अर्ब बराबरको हकप्रद सेयर बिक्रीको अनुमति दिएको छ । हाल रु ११ अर्बको चुक्ता पूँजी रहेको सो कम्पनीले हकप्रद सेयर बिक्री गरेपछि कूल पूँजी रु २२ अर्ब बराबर पुग्नेछ ।

यसैगरी, नारायणी डेभलपमेन्ट बैंकले रु एक अर्ब ३५ करोड ९२ लाख ५९ हजार २००, अरुण भ्याली हाइड्रोपावर कम्पनीले रु ५२ करोड ४१ लाख १९ हजार ७०० र अपि पावर कम्पनीले रु ५६ करोड ७० लाख बराबरको हकप्रद सेयर बिक्रीको अनुमति पाएको हो । यस्तै बोर्डले चालु आवमा मात्रै २३ वटा बैंक तथा वित्तीय संस्थालाई रु २३ अर्ब चार करोड बराबरको ऋणपत्र बिक्रीका लागि अनुमति दिएको छ ।

 

https://youtu.be/4IvY-efpxAY