Fursad Times आइतबार, आषाढ २०, २०७८

भक्तपुर । आइतवार प्रमुख जिल्ला अधिकारीहरुले फेरि एक साता निषेधाज्ञा थप गर्दै अझ खुकुलो बनाउने निर्णय गरे सङ्गै उपत्यकाको जनजिवन अब अझै सहज हुने भएको छ ।
अब उपत्यकामा सवारीसाधनमा लगाइको जोर बिजोर हटे सङ्गै सबै सार्वजनिक सवारीसाधन चल्न पाउने भएका छन् । यस अघि २५ सिट क्षमता भन्दा बढीका सार्वजनिक सवारी साधन मात्र जोर विजोरमा संचालको अनुमति दिइएको थियो । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको आइतबार बसेको बैठकले एक साता निषेधाज्ञा थप गर्दै सफा टेम्पो र माइक्रो बसलाई पनि चल्न दिने निर्णय गरेको हो ।

https://youtu.be/j4IR_kRsiy0