खोइ कहाँ छ निषेधाज्ञा ?

कोरोनाको डर हराएको नगरपालिका

Fursad Times मंगलबार, आषाढ ०१, २०७८

बरहथवा -२, सर्लाही – कोरोनाको महामारीमा देशभरी निषेधाज्ञा जारी भएता पनि बरहथवा नगरपालिकामा भने यसको खासै असर परेको देखिदैन । बरहथवा बजारका व्यापारीहरुले कोरोनालाइ कुनै मत्लब नगरी पसलहरु खोल्ने गरेको र प्रहरी प्रशासन पनि नदेखेको जस्तो गरि अर्को तर्फ मुन्टो घुमाउदै घुमिरहेका छ्न । जो गरिब छ आफ्नो हातमुख जोड्न धाउ धाउ परेको छ तेस्तो लाई कुटपिट गर्ने र सर- सामान घोप्टाइ दिने गरेको प्रहरी प्रशासन माथि सोझा किसानले आफ्नो आरोप लगाएका छ्न । उक्त बरहथवाका व्यापारीहरुले सटरको छेउमा बस्ने र कोहि सामान लिन आउदा सटर खोलेर आफ्नो सामान मूल्य बढाएर बेच्ने गरेको स्थानीय मालसामान लिने ग्राहकको भनाइ छ।

कोरोनाका कारण मानिस दिनहुुँ आफ्नो ज्यान अकालमा नै गुमाउनु परेको छ । मानिसले दिनहुँ आफ्नो ज्यान गुमाए पनि स्थानीयमा अझै सचेतना आको छैन । धेरै जसो ठाँउमा भिडभाड गर्ने आफ्नो सुरक्षाको निम्ति मास्क नलगाउने खुलेयाम जताततै हिडडुल गरिरहेका छ्न । यसै मौकामा व्यापारीहरुले कृषकको मकैलाइ उचित दाम पनि प्रदान गरेका छैनन ।सबै व्यापारीहरु एक जूट भएर मकैको मुल्य घटाएका छ्न । कृषकहरुले मकैको उचित दाम नपाउदा आफ्नो मकै घरमै थन्क्याएर राखेका छ्न । नेपाल सरकार र स्थानीय सरकारले यसमा कुनै चासो देखाएका छैनन ।