Fursad Times मंगलबार, आषाढ ०१, २०७८

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले यसपटक माध्यमिक शिक्षा परीक्षा कक्षा १० एसइईको मूल्यांकनमा कडाइ गर्ने भएको छ ।  कुनै पनि शिक्षकले आफ्नो विषयमा ८० नम्बर भन्दा धेरै अंक दिएमा त्यसको कारण खुलाउनुपर्ने नियम बोर्डले तय गरेको छ।

राष्ट्रिय परीक्षा बोर्डको आइतबार बसेको बैठकले यस पटकको एसइई परीक्षाको मूल्यांकनको जिम्मेवारी विद्यालयलाई नै दिने निर्णय गरेसँगै विगतबाट पाठ सिक्दै अब ८० नम्बर माथि अंक दिने शिक्षकले आफूले नम्बर किन र कुन आधारमा दिएको भन्ने प्रमाणसमेत पेश गर्नुपर्ने भएको छ ।

परीक्षाको मर्यादा कायम गर्न यसपटक विद्यालयमा प्रधानाध्यापकको संयोजकत्वमा पाँच सदस्यीय मूल्यांकन समितिले गठन गरी मूल्यांकन हुने व्यवस्था गरिएको छ। जस अनुसार प्रत्येक विद्यालयमा एसइई परीक्षा मूल्यांकन समितिमा पाँच सदस्य हुनेछन्। प्रधानाध्यापक समिति संयोजक हुने व्यवस्था छ भने स्कुलको गणित, अंग्रेजी, विज्ञान, र एक वरिष्ठ शिक्षक गरी चार सदस्यहरू रहनेछन्। यो समाचार आजको नागरिक दैनिकमा छ ।

https://youtu.be/uapcETUMDX8