Fursad Times शनिबार, जेठ २२, २०७८

बरहथवा-2,हजरिया – सर्लाहीका कर्णराज गिरि THE VOICE OF NEPAL SEASON 3को उत्कृष्ट 12 को लागि छानिएका छ्न ।शुक्रबार भएको knock out भिडन्तबाट उनी उत्कृष्ट 12 अर्थात Live Round को लागि छानिएका हुन । उनी knock out जित्दै उत्कृष्ट 12 मा पुग्ने पहिलो प्रतियोगी समेत बनेका छ्न । उनले knock out round मा सागर हमाल र सुरक्षा सेनचुरी संग प्रतिस्पर्धा गरेका थिए । knock out मा सुरक्षाले तीन पाते डाँडाकाटेर बोलको गीत ,सागरले तिमी बिना मान्दैन बोलको गीत र कर्णले समयले आज मलाइ बोलको गीत गायका थिए ।

कोचले कर्णलाइ लाइभका लागि छनौट गरे संगै सागर र सुरक्षा उक्त सो वा कार्यक्रमबाट बाहिरीएका छ्न । कर्णले कोचहरु बाट धेरै प्रसंशा बटुल्न सफल बनेका छन । कोचहरुले उनको आवाज दमदार रहेको बताएका छ्न । उनको high range आवाजको कमालले कोचहरुको मन पगाल्न सफल भएका छ्न । सर्लाहीको हजरियामा जन्मेका कर्ण राज गिरि अहिले 34 बर्ष पुगेका छ्न । कर्ण राज कोच त्रिशनाको टिममा छ्न । काठमाडौमा बसेर आफ्नो सांगीतिक यात्रा अगाडी बढाउन आफुले ट्याक्सी चलाउनु परेको बताउछ्न । सोचेको जस्तो सजिलो नभए पछि ट्याक्सी चलाउनु परेको बताउदै गह भरी आँसु बनाए । आफुले सानै उमेरमा बुवा गुमाएको र अहिले आमा को हेरचाह अस्पतालमा बसेर गरिरहेका छ्न बिगत 2 महिना देखि कर्णका आमा अस्पतालमा हुनु हुन्छ र बिरामी आमाको रेखदेख गर्न अस्पतालको बाँस भएको हो । साथी हरुले हौसला बढाए पछि म जसरी नि गायक बन्छु भनेर दृढ़ बोकेका कर्ण अहिले voice of Nepalको season 3 मा उत्कृष्ट 12 मा परेका हुन । कर्णका फ्यानहरुले कर्णको अझै सफलता हेर्न चाहेका छ्न ।