N.B. शनिबार, जेठ १५, २०७८

बरहथवा-2,हजरिया – धेरै दिनदेखी अविरल बर्षाका कारण किसान चिन्तित बनेका थिए। आफ्नो अन्न भित्र्याउने बेलामा कसैले सहयोग नगरेको बताएका छ्न ।कहिले कोरोनाको महामारी त कहिले अधिक मात्रामा वर्षा हुदा किसान टाउकोमा हात राखेर बस्न बाध्य भएका छन ।

  • आजदेखि मौसममा सुधार हुन थालेको छ । बङ्गालको खाडीमा उत्पन्न भएको यास चक्रवातका कारण पाँच दिनदेखि बद्ली भएको मौसम आजदेखि सुधार हुन थालेको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो ।

देशका विभिन्न ठाउँमा बादल लागेर पानी पर्ने भए पनि हिजोअस्तिको जस्तो निरन्तर वर्षा हुने सम्भावना नरहेको उहाँले बताउनुभयो । चक्रवातको प्रभाव कम हुँदै गए पनि प्रि-मनसुन र मनसुनी प्रणाली विकास हुन थालेको समय भएकाले केही ठाउँमा पानी पर्ने सम्भावना रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले पनि गण्डकी, लुम्बिनी र प्रदेश-२ का केही ठाउँमा पानी परिरहेको छ । आज प्रदेश-२, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  हिमाली क्षेत्रहरुमा आज पनि हिमपात र हावाहुरीको सम्भावना रहेकाले सावधानी अपनाउन मौसमविद्हरुले आग्रह गरेका छन् ।

वसन्तकालीन आरोहण सिजन सकिन लागेकाले आरोहीहरु मौसम सुधारको पर्खाइमा रहेका बेला महाशाखाले आज पनि सावधानी अपनाउन आग्रह गरेको हो । यो समयमा मेघगर्जन, चट्याङ्ग, हावाहुरीसहित पानी पर्ने र वर्षाका कारण बाढी, पहिरो, सडक बन्द हुने जस्ता समस्या आउन सक्ने भएकाले सचेतना अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।