Fursad Times बुधबार, जेठ १२, २०७८

भक्तपुर – कोभिड -१९ को दोस्रो लहर नेपालमा पनि आए सङ्गै सरकाले गरेको निषेधाज्ञाका कारण अहिले दैनिक ज्याला मजदुरी गरि जिवनयापान गर्ने धेरैलाई असर परेको छ । निषेधाज्ञाका कारण सबै क्षेत्र बन्द भएकाले काठमाडौमा डेरा गरि ज्याला मजदुरी गर्नेलाई झनै मार परेको बेला “राष्ट्रिय स्वयंसेवक नेपाल” संस्थाले काठमाडौ, भक्तपुर र ललितपुरमा डेरा गरि बस्ने २०५ भन्दा बढी परिवारलाई खाद्यान्न “राहात” वितरण गरेको छ । साथै यस संस्थाले उपत्यका बाहिर बैतडिमा समेत राहात वितरण गरेको छ । संस्थाले चामल,दाल,नुन,तेल लगायतका खाद्यान्न वितरण गरेको छ । केही रकम विदेशमा बस्ने नेपाली दाजुभाइले सहयोग गरेका हुन भने बाकी सस्थाका सदस्यहरुले नै जुटाएर ४ लाख बराबरको राहात बितरण गरेको सस्थाका अध्यक्ष सन्दिप ठगुन्नाले बताए । अझै धेरै व्यक्तिहरुले राहातको माग गरिरहेको र राहात वितरण कार्य अझै बढने ठगुन्नाले बाताए ।

https://youtu.be/SRLmTN_Z3So

!