Fursad Times सोमबार, जेठ ०३, २०७८

भक्तपुर । कोरोना महामारीको पहिलो लहरका बेला देश लकडाउनमा थियो। र लकडाउनकाबीच संसदको अधिवेशन शुरु भयो। २०७७ जेठ २८ प्रधानमन्त्री केपी शर्मां ओलीले कोरोनाबारे सांसदहरुसँग प्रश्नोत्तर गरे।

सो समयमा प्रधानमन्त्री ओलिले नेपालीहरुको इम्युनिटी पावर (रोग प्रतिरोधात्मक क्षमता) बलियो भएकाले नेपालमा कोरोनाले खासै प्रभाव नपार्ने दावी गरे। प्रधानमन्त्रीको यस्तो भनाई सुने लगत्तै प्रश्न गर्दै काँग्रेस सांसद गगन थापाले प्रश्न गरे, ‘नेपालीको रोग प्रतिरोधात्मक क्षमता बलियो छ भनेर कसले भन्यो?’

त्यसको जवाफमा प्रधानमन्त्री ओलीले व्याङ्ग गर्दै भने, ‘एकजना माननीयज्यूले प्रश्न गर्नुभएको छ– नेपालीको रोग प्रतिरोधात्मक क्षमता राम्रो भनेर कसले भनेको? भर्खंरै मैले भनेको सुन्नुभएन? आधा नेपाली स्वच्छ हिमाली र पहाडी भेगमा बसेका छन् र त्यहाँ स्टामिना छ। तराईमा बस्नेले पनि, मरुभूमिबाट आएको तातो हावा, हिमालबाट ठोक्किएर बरफ भई आएको स्वच्छ हावापानी पाउँछन् त्यसैले कोरोनाले नेपालमा साखै प्रभाव पार्दैन भन्दै प्रधानमन्त्री ओलिले भनेका थिए तर एक वर्षपछि प्रधानमन्त्री ओलीको यो भनाइमा परिवर्तन आएको छ। पहिलो लहरमा विश्वमा तुलनामा नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या कम थियो।

तर, अहिले दोस्रो लहरमा नेपालको अवस्था छिमेकी मुलुक भारतको भन्दा पनि भयाहव छ । सरकारी तथ्यांकले नै नेपालको अवस्था दयनीय भएको देखाएको छ। अहिले नेपालमा दैनिक सयौं मानिसहरुले कोरोनाको कारण ज्यान गुमाइ रहेका छन्। पहिलो लहर भन्द दोस्रो लहर झन भयावह भए पछि प्रधानमन्त्री ओलिले (सीसीएमसी)को बैठकमा विशेष अतिथिका रुपमा उपस्थित भएर उनले भनेका छन्, ‘मैले के ठानेको थिएँ भने नेपालमा कोभिड यसरुपमा बढ्छ भन्ने ठानेको थिएँन। मैले के ठानेको थिएँ भने हाम्रो इम्युन सिस्टम स्ट्रोङ् छ त्यसकारण अलि अलि सर्छ, धेरै यस तहमा चाही वृद्धि हुन सक्दैन भन्ने लागेको थियो।’

https://youtu.be/lmsbXPzt5P4