Fursad Times सोमबार, बैशाख २७, २०७८

भक्तपुर । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार २७१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पिसिआर परीक्षणमा र एन्टिजेनको परीक्षण गर्दा ९ हजार २७१ जनामा कोरोना पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हाल नेपालमा ९३ हजार १४१ जना सक्रिय संक्रमित छन्। भने ४२७ जना संक्रमित क्वारेन्टा्रइनमा छन्।

पछिल्लो २४ घण्टामा अहिले सम्मकै सबै भन्दा धेरै १३९ जना संक्रमितको मृत्यु भएको छ। मन्त्रालयका अनुसार नेपाली सेनाले गरेको शव व्यवस्थापनको रिपोर्टका आधारमा मृतकको संख्या २४ घण्टामा बढी देखिएको हो। यो सहित नेपालमा ३ हजार ८५९ संक्रमितको मृत्यु भएको छ।

https://youtu.be/uYiaxQPCHjw