Fursad Times सोमबार, बैशाख २७, २०७८

भक्तपुर । आइतबार प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले राखेको विश्वासको मत पाउन असफल भएका छन
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत पाउन असफल भएसँगै उनी स्वतः पदमुक्त भएका छन्।

प्रधानमन्त्री ओलीले संविधानको धारा १०० को उपधारा १ अनुसार स्वयंले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्नको लागि यो प्रस्ताव प्रतिनिधिसभामा लगेका थिए। आइतबार प्रधानमन्त्री ओलीले राखेको प्रस्तावको पक्षमा  ९३  मत र विपक्षमा १२४  मत परे। १५  जना सांसद तटस्थ रहे र ३८  सांसद अनुपस्थित रहे। २३२ उपस्थित थिए।

संविधानको धारा १०० (३) को व्यवस्थाअनुसार प्रधानमन्त्रीले विश्वासको मत पाउन नसकेपछि उनी स्वतः पदमुक्त भएका छन्। तर, पदमुक्त भए पनि प्रधानमन्त्री ओली अर्को प्रधानमन्त्री नियुक्त नभएसम्मका लागि कामचलाउ प्रधानमन्त्रीको हैसियतमा रहनेछन् र त्यतिबेलासम्म प्रधानमन्त्रीको रुपमा कार्यसम्पादन भने उनैले गर्नेछन्।