Fursad Times बिहिबार, बैशाख २३, २०७८

भक्तपुर । वरिष्ठ गायक प्रेमध्वज प्रधानको अज निधन भएको छ भने उनको पार्थिव शरीरको आजै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ । सिमित ब्यक्तिहरुको उपस्थितिमा गायक प्रधानको आजै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको हो । प्रधानको अन्त्येष्टिका लागि उनका आफन्तसहित शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, संगीतकार शम्भुजीत बासकोटा, टीका भण्डारी, पारस मुकारूङलगायत पशुपति आर्यघाट पुगेका थिए ।

आर्यघाटमा प्रधानको पार्थिव शरीरमा सरकारको तर्फबाट शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले राष्ट्रिय झण्डा ओडाएका थिए भने अन्य सहभागीले पुष्प गुच्छाले अन्तिम श्रद्धाञ्जली दिएका थिए ।