Fursad Times बिहिबार, बैशाख २३, २०७८

भक्तपुर । नेपालमा बिहिबार अहिले सम्मकै सबै भन्दा धेरै कोरोना भाइरसका बिरामी थपिएका छन् । २०,३६६ जनाको पीसीआर परिक्षण गर्दा ८,९७० जनामा र ७७५ जनाको एन्टीजेन परिक्षण गर्दा १०० जनामा गरी ९,०७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

अहिले नेपालमा कोरोना संक्रमितको कुल संख्या ३,६८,५८० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ७२,५६१ रहेको छ त्यस्तै पछिल्लो २४ घण्टामा २,७०७ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण थप ५४ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाको कारण ३,५२९ जनाको मृत्यु भएको छ । यस्तै, हालसम्म ३१४ जना क्वारेन्टीनमा रहेका छन् त्यस्तै २५ लाख ७८ हजार ४१८ जनाको पीसीआर परीक्षण गरिएको छ ।