Fursad Times बुधबार, बैशाख २२, २०७८

भक्तपुर । नेपालमा हप्ता दिन भित्र २ सय २३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ । प्रत्येक मिनेटमा दुई संक्रमित थपिने गरेका छन् । पछिल्लो साताको संक्रमण दर विश्लेषण गर्दा प्रत्येक तीन जनाको परीक्षण क्रममा एकमा संक्रमण देखिने गरेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत बुधबारदेखि मंगलबारसम्म ४३ हजार ६ सय ३४ जनामा संक्रमण देखिएको छ । १ लाख १० हजार ४ सय ९३ जनाको कोरोना परीक्षण क्रममा ४३ हजार ६ सय ३४ मा संक्रमण देखिएको हो ।

गम्भीर प्रकृतिका संक्रमितको संख्या पनि तिब्र गतिमा बढिरहेका छन भने । ६ सय १६ आईसीयू र १ सय ७९ जना भेन्टिलेटरमा छन् ।

त्यस्तै देशभर मंगलबार १ हजार ७ सय ७५ जना डिस्चार्ज भएका छन् । हालसम्म २ लाख ८७ हजार ७ सय ९० संक्रमित निको भइसकेका छन् ।