Fursad Times शनिबार, बैशाख १८, २०७८

भक्तपुर । तीन दिनको अवधिमा सुनसरीको इनरुवामा कोरोना संक्रमित आमा छोराकै मृत्यु भएको छ । ८४ वर्षिया आमाको मृत्यु भएको तीन दिनमा उनका अन्दाजी ६४ वर्षिय छोराले समेत संक्रमणका कारण ज्यान गुमाएका छन् ।

इनरुवा ३ घर भएकी ८४ वर्षिया वृद्धा (आमा) को होम आइसोलेसनमै बसेको अवस्थामा तीन दिनअघि मृत्यु भएको थियो । कोरोना पोजेटिभ पाइएका छोरोलाई भने स्वास्थ्यमा समस्या देखिएपछि बिराटनगर लगिएको थियो । उनको उपचारको क्रममा ज्यान गएको बताइएको छ ।

९ जनाको परिवारमा सबैलाई संक्रमण भएको थियो । संक्रमित पाइएका परिवारका ७ जना अझै होम आइसोलेसनमा छन् भने २ जनाको मृत्यु भै सकेको छ । ७ जना मध्ये केहिको अवस्था अझै जटिल रहेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।