Fursad Times शनिबार, बैशाख ११, २०७८

भक्तपुर । नेपालले नेदरल्याण्डलाई २३९ रनको विशाल लक्ष्य दिएको छ । दुई कुशल “कुशल भुर्तेल र कुशल मल्ल”को शानदार अर्धशतक प्रेरित नेपालले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २३८ रन बनाएको हो । आजको यो नेपालको टि–२० क्रिकेट इतिहासमै सर्वाधिक स्कोर हो ।

आज पनि नेपालको लागि कुशल भुर्तेलले सबैभन्दा धेरै ७७ रन बनाए । ५३ बल खेलेका उनले ७ चौका र तीन छक्का हान्दै चौथो अर्ध सतक बनाए भने कुशल मल्लले पनि २४ बलमा ५० रन हानेर अर्धशतक बनाए । दिपेन्द्र सिंह ऐरीले ४८, कप्तान ज्ञानेन्द्र मल्लले ३३, आसिफ शेखले १६ रनको योगदान दिए । नेदरल्याण्डका लागि फिलिप बोइसभेनले २ र सब्सटियान ब्राटले १ विकेट लिए ।