Fursad Times बिहिबार, बैशाख ०२, २०७८

भक्तपुर । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नयाँ वर्ष २०७८ मा झनै शक्तिशाली हुने ज्योतिषहरुले दाबी गरेका छन् । प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग हिजो राति कुरा गर्दै ज्योतिषहरु . बासुदेवकृष्ण शास्त्री, डा. विहङ्मराज तिमिल्सिना, र डा. रुद्रनाथ अधिकारीले नयाँ वर्ष २०७८ साल कस्तो हुन्छ ? भनेर भविष्यवाणी गरेका थिए ।

डा. शास्त्रीले धर्म कहिल्यै पनि परिवर्तन नहुने बताए । मान्छेहरुमा लोभ, क्रोध र मोहले आस्था परिवर्तन गर्नेहरुको संख्या भने तिब्र गतिमा बढेको सुनाए भने अर्का ज्योतिष डा. अधिकारीले २०७८ सालको सुरुवात बैशाखमा राजनीतिमा समिकरणको सुरुवात गराउने सुनाए ।

कार्यक्रममा बोल्दै उनले २०७८ मा प्रधानमन्त्री ओलीको विजय सुनिश्चित रहेको सुनाए ।साथै उनले सन् २०२५ सम्म प्रधानमन्त्री ओली बलसाली रहने उनको दाबी छ । प्रधानमन्त्री ओलिको बारेमा मात्र बताएनन उनले नेपालमा राजसंस्थाले पनि अब स्थान पाउने दाबी गरे र नेपाल हिन्दु राज्य हुने समेत हिजो रातिको कार्यक्रममा बताए ।                                        भिडियो तल लिक थिच्नुहोस:        https://youtu.be/M-GFdDe93bM

https://youtu.be/M-GFdDe93bM