Fursad Times मंगलबार, चैत्र २४, २०७७

भक्तपुर । केही दिन कम भएको नेपालको वायु प्रदूषण फेरि एकाएक बढन थालेको छ । काठमाडौँ विश्वकै सबै भन्दा प्रदूषित सहर हुन पुगेको छ । केही दिन देखि घाम नलाग्ने, चिसो हुने, नाक पोल्ने गरी हावा बहने जस्ता असर देखाउँदै वायु प्रदूषण बढेको हो ।

वातावरण विभागका उपमहानिर्देशक तथा प्रवक्ता इन्दुविक्रम जोशीका अनुसार प्रदूषण गत साताकै अवस्थामा नदेखीको भएता पनि सोमबारदेखि प्रदुषण बढदै गएको छ । उनले भने, “अझ बढ्दै गएमा सवारी साधन र उद्योगधन्दा बन्द गरेर भए पनि कम गर्नुपर्ने अवस्था आउन सक्छ ।” देशव्यापी रूपमा वन डढेलोको लहर बढेकाले नेपालको वायु प्रदूषण दोहोरिएको उनी बताउँछन् ।

नेपालका अधिकांश स्थानका जंगलमा डढेलो लाग्नु वायु प्रदुषणको मुख्य कारण रहेको र जबसम्म वन डढेलो नियन्त्रण हुँदैन तबसम्म वायु प्रदूषण कम हुने सम्भावना नरहेको उहाँले सुनाउनुभयो ।

विभिन्न प्रकारको रसायन तथा ग्यासको मात्रासमेत बढ्दा वायुमण्डल धुमिल बन्ने जोशीले जानकारी दिनुभयो तर त्यस्ता प्रदूषित वायु बनाउने ग्यासको मापन गर्ने प्रणाली नेपालमा उपलब्ध छैन । बढ्दो दरमा रहेको प्रदूषणको विश्वव्यापी सूचकाङ्कमा नेपालको काठमाडौँ सहर पहिलो नम्बरमा छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।