Fursad Times आइतबार, चैत्र १५, २०७७

भक्तपुर । सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका–९ की ४१ वर्षीया महिला बिगत चार वर्षदेखि यौ’ ‘न तथा श्रम शो*षणमा परेको घटना बाहिरिएको छ। मगिलाको  छिमेकी ६८ वर्षीय खड्गबहादुर राईले रु ६ हजार ऋण दिएर पटक पटक महिलाई श्रमसँगै यौ*न शोषण  गर्ने गरेको पीडित महिलाको भनाइ छ।

शनिबार न्याय माग्न सदरमुकाम जाने क्रममा  पत्रकारहरूसँग भेटदा ती महिलाले आफू अन्यायमा परेकाले न्याय माग्न हिडेको बताए पछि सो घटना बाहिर आएको हो ।  आर्थिक अवस्थाले कमजोर ती महिलालाई २०७३ सालमा खड्गबहादुरले ऋण दिएको र त्यस पछि बारम्बार उअनले महिलालाई श्रम थता यौ*न शोषण गरेको पी’डित महिलाको भनाइ छ। ‘ऋण लिए लगतै राइले ब्याज नतिर्ने सर्तमा घरक्क काम लगाउन थालेको र पछि महिलालाई विभिन्न डर धम्की देखाई यौन शोषण गदै आएको महिलाको भनाइ छ ।

महिलाका ७० बर्षिय श्रीमान गोठमा गएको बेला रातको १२ बजे पनि घरमा आएर यौ*न सम्पर्कको लागि घम्की दिएको महिलाले बताई । यो कुरा महिलाले पतिलाई भने पछि काम गर्न नजान भन्दा तत्काल आफ्नो पैसा चाहिने नत्र जे पनि हुने धम्की दिए पछि महिलाले बाध्य बाएर राइको घरमा गएर आफुले काम गर्न परेको समेत बताइन । राइको परिवारलाई यो घटना भन्दा उनका छोराहरु आएर मार्ने धम्की समेत दिएको कुरा उनले बतान । छोराहरुले धम्की दिन आए पछि सो घटनाको बारेमा गाउँमा पनि थाहा भएको र आफूहरु पनि असुरक्षित हुने डरका कारण गाउँका महिला अगुवाको साथमा घटनाको विषयमा उजुरी गर्न सदरमुकाम आएको पीडित महिलाले बताइन्। जिल्लामा क्रियाशील अन्तरपार्टी महिला सञ्जालको सहयोगमा गत फागुन १७ गते जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा मुद्दा दर्ता गरिएको पी डित पक्षको भनाइ छ।

प्रहरीले आवश्यक अनुसन्धानका लागि सोही दिन खड्गबहादुरलाई पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाएको प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए।