Fursad Times बुधबार, आषाढ ०३, २०७७

आज २०७७ असार ३ गते बुधबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ रु भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ?

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

मन प्रफूल्लित रहनेछ । नयाँ व्यापार व्यवसाय गर्दा उत्तम देखिन्छ । शत्रु सक्रिय हुनेछन्, आफन्तबाटै पनि जोगिनुपर्ने देखिन्छ । मानसिक तनाव बढ्ने छ भने अनावश्यक झमेलामा फसिने सम्भावना छ । पारिवारिक कलहको सम्भावना, पति–पत्नीबीच विवाद होला ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

अध्ययनमा सफलता मिल्नेछ । व्यावसायिक सफलता । लामो दूरीको यात्रा नगर्नुहोला । प्रेममा सफलता मिल्नेछ । आफन्तबाट जोगिनुहोला । धार्मिक कार्यमा मन लाग्नेछ । आकस्मिक धन प्राप्तिको योग छ । मुद्दा मामिला तपाईको पक्षमा हुनेछन् । स्वास्थ्यमा समस्या देखिनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

निर्णय लिन द्विविधा होला । प्रेममा बाधा आउने छ । घरायासी कलह बढ्ने योग छ । अध्ययनमा सुधार, आर्थिक लाभको सम्भावना । चोटपटक लाग्न सक्छ । वादविवाद हुने सम्भवान छ । मनमा अशान्ति छाउनस सक्छ । आलोचना गर्नेहरु प्रशस्त हुनेछन् । यात्रा सुखद ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

अध्ययनमा सफलता मिल्नेछ । पारिवारिक कलहको सम्भावना छ । स्वास्थयमा भने आज तपाइलाई केहि समस्या देखिन सक्छ । वैदेशिक यात्राको योग छ । व्यापारमा हानी हुने योग छ । राजनीतिमा शुभ देखिन्छ । सामाजिक कार्यबाट लाभ मिल्नेछ । नसोचेको धनमालको लाभ हुने योग छ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

सामाजिक कार्यबाट प्रसिद्धि कमाइने छ । बोलीको प्रभाव बढ्ला । धन सिञ्चित हुनेछ । जागिरमा पदोन्नतिको हुने सम्भावना छ । पारिवारिक साथ सहयोग मिल्नेछ । आर्थिक लाभको सम्भावना छ । मिष्ठान्न भोजन हुनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

आफन्तबाट साथ सहयोग मिल्नेछ । मिष्ठान्न भोजन हुनेछ । अध्ययनमा बाधा आउँला । जागिरमा पदोन्नतति होला । शत्रुहरुसँग टाढै रहनु उत्तम देखिन्छ । व्यापारमा फाइदा हुने देखिन्छ । प्रेम सफल हुनेछ । आफन्तहरुसँगको भेटघाटले मन प्रफूल्लित होला ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

रोकिएका काम बन्नाले नयाँ योजनातर्फ अग्रसर भइनेछ। भौतिक साधन जुट्नाले दिगो काम सुरु गर्न सकिनेछ। दिउँसोदेखि रमाइलो जमघटमा सहभागी भइनेछ। अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। अतिथिका रूपमा सम्मान प्राप्त हुनेछ। लोकाचारले फजुल खर्च गराए पनि मिहिनेतले लक्ष्यमा पुग्न सफल भइनेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। स्वास्थ्यका कारण अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ। समयको गतिलाई पछ्याउन नसक्दा पछि परिनेछ । अरूका लागि बुद्धि खर्चनुपर्ला । दिउँसोदेखि स्थितिमा सुधार आउनाले नयाँ कामतर्फ अग्रसर भइनेछ । प्रतिस्पर्धामा विजयी भइनेछ । आम्दानीका स्रोत बढ्नेछन्। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

तत्कालको फाइदा हेर्दा पछिलाई समस्या पर्नेछ। बेसुरमा बोल्ने बानीले पनि दुस्ख पाइनेछ। आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ। साझेदारसँग असमझदारी देखिने हुँदा सजग रहनुहोला। हडबडीले समस्या निम्त्याउन सक्छ। आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन्। हल्लाको विश्वास गर्दा धोका पाइनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। कर्मयोगले नयाँ मोड लिनेछ भने मिहिनेतले नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । प्रतिस्पर्धीहरू पछि पर्नेछन्। दिउँसोदेखि साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला। बेसुरमा काम गर्दा दुस्ख पाइनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द

विभिन्न भौतिक साधन संग्रह गर्ने अवसर प्राप्त हुनेछ । समयमा वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन्। बेसुरमा बोल्ने बानीले वादविवाद निम्त्याउन सक्छ। परिस्थितिको बन्धनले पनि स्वतन्त्रतामा बाधा पुर्याउला। दिउँसोदेखि स्थितिमा सुधार आउनाले नयाँ मार्गतर्फ अग्रसर भइनेछ। व्यापार बढ्नाले लाभ हुनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर जुट्नेछ। नयाँ कामको प्रस्ताव प्राप्त हुनेछ भने सहयोगीहरूले साथ दिनेछन्। कमजोरी सुधार गर्दै फाइदा उठाउने समय छ। बिछोडिएका आफन्तजनसँग भेटघाटको अवसर जुट्नेछ। अवसर प्राप्त भए पनि भूलवश काममा बाधा होला। दिउँसोदेखि आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ।