Fursad Times शुक्रबार, चैत्र १३, २०७७

भक्तपुर । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री नविन्द्रराज जोशीको ५७ वर्षको उमेरमा शुक्रबार निधन भएको छ। फागुन १३ गते राति ब्रेनह्यामरेज भएपछि फागुन १४ देखि नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको अस्पतालमै निधन भएको हो। ।

साढे ८ बजे नेता जोशीका सहयोगी रहेका पुस्कर पाण्डेले अस्पतालले निधन भएको घोषणा गरेको जानकारी दिए।
काँग्रेस सभापपति शेरबहादुर देउवाले नेता जोशीको निधनप्रति दुःख व्यक्त लेखेका छन्, ‘नेपाली काँग्रेसका नेता, कुशल संगठक एवंम पूर्वमन्त्री नविन्द्रराज जोशीको असामायिक निधनको खबरले निकै मर्माहित भएको छु। जोशीजीको निधनले काँग्रेसले एक इमान्दार र निष्ठावान नेता गुमाएको छ। उहाँको आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु।

नेता जोशीको निधनप्रति काँग्रेस नेताहरुले श्रद्धाञ्जली व्यक्त गरेका छन्। काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले जोशी निधनप्रति सामाजिक सञ्जालमार्फत समवेदना प्रकट गरेका छन्।