Fursad Times सोमबार, चैत्र ०९, २०७७

भक्तपुर । नेकपा एमालेले पार्टीहित र अनुशासन विपरित काम गर्ने बरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेतासँग स्पष्टिकरण पत्र पठाएको छ । पार्टी केन्द्रीय कार्यालय धुमबाराहीबाट खटिएका कर्मचारीहरुले आज स्पष्टिकरणपत्र बुझाएका हुन् । नेपाल र सुरेन्द्र पाण्डेका स्वकीय सचिवले पत्र बुझेका छन् भने दुई नेता भिम रावल र धनश्याम भुषाल भने सम्पर्क विहिन भएका छन् ।

भिम रावलले स्पष्टिकरणपत्र बुझ्न अश्वीकार मात्रै गरेनन उनले पत्र लिएर गएका कर्मचारीलाई घर भित्रै छिर्न दिएनन् । रावलले घर भित्र छिर्न नदिएपछि ति कर्मचारीले रावल बस्ने टोखास्थित कोलोनीको सी १४ नम्बर घरको लेटर बक्समा पत्र छिराएर फर्किएको स्रोतले जानकारी दिएको छ । अर्का नेता घनश्याम भुसालको भने मोबाइल नै स्वीच अफ गरेर बसेको हुनाले पत्र बुझाउन बाँकी रहेको छ ।                                उपप्रधानमन्त्री तथा पार्टिका महासचिव ईश्वर पोखरेलको हस्ताक्षरसहित पठाइएको स्पष्टिकरणपत्रमा अभियोगमाथि चित्त बुझ्दो जवाफ तीन दिनभित्र पेश गर्न भनिएको छ । यदि तीन दिन भित्र चित्त बुझ्ने जवाफ नआएको खण्डमा कारवाही किन नगर्ने भन्ने व्यहोरा उल्लेख रहेको एमाले स्रोतले जानकारी दिएको छ ।