भक्तपुर । जनता समाजवादी पार्टीले (जसपा) नेपका एमालेलाई समर्थन गर्न सक्ने संकेत दिएसँगै प्रधानमन्त्री तथा नेपका एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी नेकपा एमालेको संसदीय दलको बैठक बोलाएका छन् । नेकपा एमालेका मुख्य सचेतक विशाल भट्टराईका अनुसार भोलि बिहीबार बिहान ११ बजेका लागि संसदीय दलको बैठक बोलाइएको हो ।
जसपाका मागमा प्रधानमन्त्री सकारातमक देखिएको भन्दै प्रधानमन्त्रीलाई आफ्नो पार्टीले समर्थन गर्न सक्नेन जसपा नेता लक्ष्मणलाल कर्णले संकेत गरेका थिए भने अर्कोतर्फ आज नै एमालेको माधव नेपाल, झलनाथ खनाल समूहले राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेको थियो । अध्यक्ष तथा प्रधानमन्त्री ओलिले कार्यकर्ता भेला नगर्न भन्दाभन्दै भेला आयोजना गरिएको भए पनि उक्त समूहका नेता तथा सांसदहरुलाई कारवाही गर्नेगरी बैठक नबोलाइएको भट्टराईले बताए ।
भोलिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बोलाइएको भट्टराईले बताए । भोलीको बैठक समसायिक परिस्थितिबारे, संसद्लाई कसरी प्रभावकारी बनाउने भन्ने र पार्टीको समस्याहरूलाई कसरी निराकरण गर्ने भन्नेबारे संसदीय दलको बैठकमा छलफल हुने बताउँदै भट्टराईले कारवाहीको कुरा नभएको बताए । पार्टीभित्र विवाद हुँदा संसदमा त्यसको प्रभाव परेकोले संसदमा पार्टी एक ढिक्का भएर जानेबारे बैठकमा छलफल हुने उनले बताए ।