भक्तपुर । कुनै बेला नेपकाका अध्यक्ष रहेका एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच यतिबेला भने सुमधुर सम्बन्ध छैन। प्रधानमन्त्री ओलिले संसद विघटन गरे पछि सर्वोच्च अदालतले दुई पूर्ववत पार्टीलाई ब्युँताउनु अघि प्रचण्डकै अगुवाईमा ओलीलाई नेकपाको साधारण सदस्यसमेतबाट हटाइएको थियो र संसदीय दलको नेताबाट पनि हटाइएको थियो।
तर, सर्वोच्चले अदालतले नेकपा खारेज गरिदिए पछि अहिले यी दुई फरक फरक पार्टीका अध्यक्ष भएका छन भने सरकारलाई दिएको समर्थन माओवादीले फिर्ता लिएको छैन। माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नलिएको कारण ओली नेतृत्वको सरकार अहिले सम्म टिकिरहेको छ।
फरक फरक पार्टिका अध्यक्ष रहे पनि अहिले सोमबार प्रधानमन्त्री ओलीले प्रचण्डलाई फोन गरेर वार्ताका लागि प्रस्ताव गरेको चर्चा छ। तर प्रधानमन्त्रीका राजनीतिक सल्लाहाकार विष्णु रिमालले फोन गरेको नगरे पनि स्वीकार गरेनन् । उता प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले भने प्रधानमन्त्रीसङ्ग कुनै पनि फोनवार्ता नभएको दावी गरे।