भक्तपुर । नेकपा एमालेको धुम्बाराहीमा आज अध्यक्ष केपी शर्मा ओली पक्ष र बरिष्ठ नेता माधव नेपाल पक्षका बीचमा भएको छलफलमा अध्यक्ष ओलीले एमाले र माओवादीबीच भएको एकीकरणको विन्दूमा छलफल गर्न नमानेपछि बैठकमा कुनै ठोस प्रगति नभइ टुङ्गिएको छ ।
स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेका अनुसार नेपाल पक्षले २०७५ जेठ ३ मा दुई पार्टीबीच भएको एकीकरणको निर्णयको विन्दूबाट छलफल गर्न प्रस्ताव गरेको थियो । तर सो बिन्दुबाट अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले छलफल गर्न मानेनन् । प्रधानमन्त्रीले यस विषयमा छलफल गर्न नमानेपछि आज कुनै पनि ठोस प्रगति नभइ टुङ्गिएको पाण्डेले बताए ।
नेकपाका उपाध्यक्ष भीम रावलले भने बैठकमा कुनै पनि ठोस प्रगति नभए पनि छलफल जारी रहने बताए पनि अर्को छलफल कहिले हुने भन्ने स्पष्ट मिति भने खुलाएनन् ।