भक्तपुर । नेकपा एमाले माधव कुमार नेपाल समूहले आजको भेटवार्तामा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले फागनु २८ गते लिएको अडान फिर्ता लिनुपर्ने अडान राखेको छ।
धुम्बारहीमा भएको वार्ताबाट बाहिरिने क्रममा नेपाल समूहका नेता रघुजी पन्तले आआफ्नो अडान राखिएको बताए।
फागनु २८ गते पार्टी अध्यक्ष केपि शर्माबओलीले पदाधिकारीहरुलाई हटाएका थिए। नेकपामा भएका पदाधिकारी हटाएर माओवादी छोडेर एमालेमै बस्ने भनेका केही नेताहरुलाई जिम्मेवारी दिएका थिए। फागुन २३ गते सर्वोच्च अदालतले तत्कालीन नेकपा एमाले ब्युताइदिएपछि ओली समूह र माधवनेपाल समूह अहिले अलगअलग भएका छ्न ।