भक्तपुर । नेकपा एमालेका दुई समूह प्रधानमन्त्री केपी शर्मा ओली र माधवकुमार नेपाल समूहबीच भएको वार्ता सकिएको छ। करिब १ घण्टा धुम्बारहीमा वार्ता चलेर सकिएको हो ।
प्रधानमन्त्री ओली र नेपालबीच करिव ४ महिनापछि भेटवार्ता भएको हो। पुष ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि यी दुइ वार्तालाप भएको थिएन्।
आजको भेट वार्तामा ओली पक्षबाट प्रधानमन्त्री ओलीसहित महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल र सचिव प्रदिप ज्ञवाली सहभागि भएका थिए भने नेपाल समूहको तर्फबाट माधवकुरमा नेपाल, झलनाथ खनाल, भीम रावल, गोकर्ण विष्ट र घनश्याम भुसालले सहभागिता जनाएका थिए।