Fursad Times मंगलबार, फाल्गुण २५, २०७७

भक्तपुर । १११औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा “साहित्य तथा अनुसन्धान केन्द्र (LRC)”को उद्घाटन गरियो । नेपाली साहित्य तथा अनुसन्धानलाई ठोस अध्ययन गरि अन्तर्राष्ट्रिय स्तरमा अझै ससक्त रुपमा चिनाउने उद्देश्यका साथ स्थापना भएको यस संस्थाले पहिचानका मुद्दालाई उठाउने, साहित्यका पुस्तक प्रकाशण गर्ने, बर्षमा एक पटक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलन गर्ने उदेश्य लिएको कार्यक्रममा बाताइयो ।

प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव, प्राज्ञ तथा
प्राध्यापक जगत प्रसाद उपाध्याय, ‘प्रेक्षित’ को प्रमुख आतिथ्यतामा ‘साहित्य तथा अनुसन्धान केन्द्र २०७७’ उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा विशिष्ट वक्ता, साहित्यकार, समालोचक तथा प्रा. डा. रमेश भटराईले हाम्रो देशको शिक्षामा अनुसन्धान पद्धतिको प्रभावकारी प्रयोग अति आवश्यक भएको विचार व्यक्त गर्दै आधारभुत कक्षा देखिकै शिक्षामा बालबालिकाहरुको तह सुहाउँदो अनुसन्धान विधि अपनाएर शिक्षा शिक्षण गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

त्यसै गरी कार्यक्रममा विशिष्ट वक्ता, प्राज्ञ तथा प्रा. डा. ज्ञानु पाण्डेले,  नेपाली उपन्यासमा महिला पात्रको बारेमा सटिक समालोचकीय मन्तव्य प्रस्तुत गर्नु भएको थियो  । उहाँले सुन्दर समाज निर्माणको लागि महिला र पुरुषबिच भेदभाव रहित समाजको कल्पना गरि महिला हिंसाको मात्रै होइन कि पुरुष हिंसाको पनि अध्ययन, विश्लेषण हुनुपर्ने विचार व्यक्त गर्नु भयो ।

साथै कार्यक्रम बुनपा – १० का वडाध्यक्ष  नवराज भटराईले विकसित देशहरुले जस्तै हाम्रो देशमा पनि अध्ययन अनुसन्धानलाई प्राथमिकताका साथ अगाडि नबढाइ बिकासको बाटोमा अगाडि बढन नसकिने बताउनु भयो । साथै उक्त कार्यक्रममा नारायण नेपाल,अन्जना पौड्याल,सीता अधिकारी, यसोधा मैनाली, रमा पोखरेल र मानव वस्ति लगाएतले कविता तथा गीत प्रस्तुत गर्नु भयो ।

कार्यक्रमका सभापति तथा संस्थाका अध्यक्ष रसिक सम्यकले संस्थाका कार्य र उद्देश्यहरु बताउनु भयो भने उक्त उद्घाटन कार्यक्रम संस्थाका महासचिव सुधा मैनालीको कुशल संयोजकत्वमा सम्पन्न भएको थियो ।

संस्थाका पदाधिकारीहरूको नामावली यस प्रकार रहेको छः

१ रसिक सम्यक (अध्यक्ष)
२ तेज कुमारी लामिछाने (उपाध्यक्ष)
३ पूर्ण हाङ संयोक लिम्बु (उपाध्यक्ष)
४ सुधा मैनाली (महासचिव)
५ विष्णु प्रसाद पन्त (कोषाध्यक्ष)
६ मानव प्रजापति (सदस्य सचिव)
७ डा. जयन्ती रुपाखेती (सदस्य)
८ यशोदा मैनाली (सदस्य)
९ ज्ञान सिं मगर (सदस्य)
१० सञ्जय श्रेष्ठ (सदस्य)
११ प्रकाश फुब्बा (सदस्य)