Fursad Times मंगलबार, फाल्गुण २५, २०७७

भक्तपुर । सिन्धुपाल्चोक ईन्द्रावति गाउपालिका वडा नम्बर-२ छापडाँडा निबासि बिकास तामाङ्गले अन्डाबाट चल्ला निकाले मेशिन बनाउन सफल भएको छ । गाउँघरमा केही नौलो काम गर्नको लागी श्रोत, साधन र आर्थिक अभावले गुज्रनुको साथ साथै यहाँ कुनै पनि कामको गर्न खोज्दा साथ दिने भन्दा पनि खिल्ली उडाउने, कुरा काट्नेको कमि हुँदैन । यस्तै खालको समस्याहरु झेल्दै अप्ठ्यारो परिस्थिति लाई चिर्दै आफ्नो गन्तव्यमा पुग्नुपर्छ भन्ने उद्देश्य लिएर गत बर्षको लक डाउनको समयलाई सदुपयोग गर्दै उक्त मेशिन बाउन कोशिस गरेका थिए । उक्त मेशिन बनाउनको लागी चाहिने उपकरणहरु जोड्न रातारात काठमाडौं समेत धाए कति चोटि त खाली हात फर्कनु परेको थियो । निरन्तर लगाव र मेहनत पश्चात् अन्डा बाट चल्ला निकाल्न सफल पनि भयो ।
श्री महेन्द्र मा.वि. जौडाँडा कक्षा १० मा अध्यनरत बिकास तामाङ्ग पढाइ सङ्गै विभिन्न क्रियाकलापहरुमा पनि उतिकै सक्रिय हुन्छन । ईन्द्रावति युथ क्लबमा आवद्ध भए देखि आफुलाई आत्मबिश्वास र सपोर्ट मिलेको विकास तामाङले बताए । आगामी दिनहरुमा कहिँ कतैबाट साथ र सहयोग प्राप्त भएमा पढाई सङ्गै प्राविधिक क्षेत्रमा लागेर गाउँ, समाज र अन्तर्राष्ट्रिय स्तरमा देशको गौरव बढाउने लक्ष्य रहेको पनि जानकारी गराए ।

बिकास तामाङ्गले बनाएको अन्डाबाट चल्ला निकाले मेशिनको विषयमा बनाईएको भिडियो स्टार आर्ट युत्युब च्यानल मार्फत सार्वजनिक भएको छ । हेरेर सल्लाह सुझाहरु पनि दिनुहोला ता कि यस्तो प्रतिभाहरुलाई तपाईं हाम्रो साथको आवश्यकता रहेको छ ।