Fursad Times आइतबार, फाल्गुण २३, २०७७

भक्तपुर । आज श्री शाके १९४२ बि.स.२०७७ साल फाल्गुन २४ गते सोमबार इश्वी सन २०२१ मार्च ८ तारीख फाल्गुन कृष्णपक्ष दशमी तिथी पूर्वाषाढा नक्षत्र ब्यतीपात योग वणिज करण चन्द्रमा धनु राशिमा आनन्दादि योगमा उत्पात योग प्रमादीनाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु नारी दिवस (ज्यो.प.सरोज घिमिरे)

मेष राशि : नयाँ मित्रहरु सगँ को भेटघाट तथा सामान्य यात्रामा खर्च हुनसक्ने सम्भाबना रहेको छ । परिवारको कुरा नसुन्दा कार्यको क्षेत्रमा अपजस खेप्नु पर्नेछ । अचल सम्पतीमा ह्रास आउनाले कामको क्षेत्रमा समान्य ढिलाई रहन सक्छ । आफन्तहरुको साथ छुट्नाले सामान्य चिन्ता सहनु पर्ला ।

बृष राशि : आम्दानि मध्यम रहने छ भने बोलिको कारण साधारण दुर्घटनाको सम्भाबना रहेको छ । तपाइको नजिकको ब्यक्तिहरुको साथ छुट्नाले सहकार्यमा झन्झट ब्यर्होनु पर्नेछ । समय उचित नभएकाले कुनै पनि निर्णय हतारमा नगरैकै बेश हुनेछ । परिवारमा मनमुटाब रहन सक्ला । मालसामान हराउन सक्ने भएकाले सावधान अपनाउनु होला ।

मिथुन राशि : जिबन साथीको सहयोगले गरिएको ब्यापार ब्यवसायमा मनग्य लाभ मिल्नेछ । बोलिको कारणले मानसम्मान साथै मान्यजन को साथ पाईनेछ । आफन्तको सहयोगले गरीएका कार्यहरु सजिलै पुर्ण हुनेछन । कार्य सम्पादनका क्षेत्रमा सावधानि साथै गोप्यता अपनाउनु पर्ने देखिन्छ ।

कर्कट राशि : शुभ चिन्तकको बृद्वि हुनाले मनमा उत्साह बढ्नेछ । परोपकारको क्षेत्रमा समय र धन खर्चनु पर्ने समय रहेको छ । अरुप्रती गरिएका विस्वासमा घात हुने सम्भावना रहेको छ भने सन्चित रकम खर्चको योग रहेको छ । समय उचित नभएकाले नयाँ कामको थालनि नगरेकै बेश होला ।

सिंह राशि : बौधिक ब्यक्तित्व सगँको सामिप्यता आगामी दिनलाई मार्गदर्शन बन्नेछ । आफु भन्दा सानाको सहयोगमा गरिएको कार्यहरु सफल रहनेछन । मातृ पक्षको स्वास्थमा देखापरेको असरले सामान्य समस्या पैदा गर्न सक्नेछ । गरिरहेको काममा त्यती मन नलाग्नाने सामान्य अप्जस आईपर्ने छ । ब्यापार ब्यबसायमा राम्रो समय रहेको छ ।

कन्या राशि : सुरुमा सामान्य कठिनाई भए पनि मनग्य आम्दानीका स्रोतहरु फेला पर्नाले मन उत्साहित रहनेछ । पारीवारिक झमेलामा पर्नाले दिन निरासा पुर्ण रहला । कार्य क्षेत्रमा लगाईको श्रमको उचित मुल्यांकन हुनेछ । आफन्तहरुसङ्गको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।

तुला राशि : अल्छी पनाले गर्दा कार्यमा ब्यबधान आउला । तपाइका शत्रु सबल रहनाले तपाईलाई आफ्नु कमजोरीको महसुस हुनेछ । मनोरञ्जन पुर्ण यात्राको योग रहेको छ । हतासमा लिएको निर्णयले समस्या निम्त्याउन सक्छ । पारीवारिक सम्बन्धमा सुधार आउनेछ ।

बृश्चिक राशि : स्वास्थमा समान्य सनस्या आउनाले कार्यमा ढिलाई उत्पन्न गराउनेछ भने सन्तान सम्बन्धी समस्याले पनि सताउला । अरुको कुरामालाग्नाले तपाईलाई समान्य झन्झट वा अपजस दिलाउन सक्नेछ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । बैबाहिक सम्बन्धमा सामान्य मनमुटाब रहला ।

धनु राशि : जिबन साथीको सहयोगका कारणले ब्यापार ब्यवसायमा सुधार आउनेछ । जिद्दिपन तथा अरुले भनेको कुरा नमानाले सामान्य दुर्घटना निम्त्याउला । समय अलि खराब भएका कारण सबारी साधनको प्रयोगमा ध्यान दिनु होला । सहि निर्णय हुन नसक्दा परिबारीक कलहको सामाना गनुपर्नेछ ।

मकर राशि : तपाइको मनको नजिकको ब्यक्ति सगँको बियोगले मन निरुत्साहित रहला । तपाइकोदिन अलि नराम्रो भएजाले अन्य ब्यक्तिको बिश्वास गर्ने बानिमा सुधार ल्याउनु पर्नेछ । तपाइको आफ्नै लापरबाहले धनमालमा सामान्य क्षति हुने सम्भाबना रहेको छ । मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नेछ ।
मनोबिलासिताका सामान खरीद योग रहेको छ ।

कुम्भ राशि : आम्दानी बृद्विका लागी ठूला ब्यक्तित्वहरुको मार्गदर्शन अबलंबन गर्नु लाभदाइक रहला । मित्र जनको सहयोग बाट मन प्रशन्न रहने छ भने बोलिको कारण साथि भाई टाढिन सक्छन । आय आम्दानिका क्षेत्रमा जुट्ने समय रहेकोछ ।

मिन राशि : स्वास्थ सम्बन्धी सामान्य समस्याले मनमा तनाब उत्पन्न गराउन सक्ला । परीस्थीति सगँ जुध्ने क्षमतामा बृद्धि हुनाले कार्य सफल रहनेछ । परिवारको सहयोगले बौधिक तथा आर्थीक बिकासको बाटो फेला पर्ने छ । मेहेनत को रामा्रे फल प्राप्त हु्नेछ । ब्यापार ब्यबसायमा रामा्रे समय रहेको छ ।