Fursad Times आइतबार, फाल्गुण २३, २०७७

भक्तपुर । सर्वोच्च अदालतले प्रधानमन्त्री केपि शर्मा ओलिलाई जस्तै नेपकाका अर्का नेता माधव कुमार नेपाललाई पनि जन्म दिनको नमिठो उपहार दिएको छ । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नाम ऋषिराम कट्टेललाई दिनुपर्ने फैसला गरेको छ। केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको पार्टीले आफ्नो पार्टीको नामसँग ठ्याक्कै मिल्नेगरी नाम राखेको र निर्वाचन आयोगले समेत सो नाम उनीहरुलाई पनि दिएको भनी कट्टेलले सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए। आज आइतबार फैसला गर्दै अदालतले उनकै पक्षमा फैसला गरेको हो। आन्दोलनरत नेकपाका अध्यक्ष नेपालले जन्मदिन मनाइरहेकै बेला सर्वोच्चको यस्तो फैसला आएको हो ।

ओलीले केक खाँदै गरेको बेलामा सर्वोच्चले उनको निर्णय असंवैधानिक भएको फैसला सुनाएको थियो भने आज संसद बैठक बस्ने भएकाले नेपालले भने केक खान पाएका थिएनन् । उनी संसद बैठक अघि नेकपामा देखिएको विवादका कारण छलफल र योजनामा ब्यस्त भएका थिए । ऋषि कट्टेलले आफ्नो पार्टीको नाम प्रचण्ड र केपी शर्मा ओली नेतृत्वको पार्टीलाई दिएको भन्दै सर्वोच्च अदालतमा हालेको मुद्दामा फैसला सुनाउँदै सर्वोच्चले सो नाम ऋषि कट्टेललाई नै दिएको छ भने ओली र प्रचण्ड नेतृत्वमा रहेको नेकपा खारेज पनि गरेको छ।