Fursad Times शनिबार, फाल्गुण २२, २०७७

भक्तपुर । भारतीय टेलिभिजनको सर्वाधिक चर्चित रियालिटी शो हो ‘इण्डियन आइडल’ बन्द हुने समाचार बाहिरिएको छ । ‘इण्डियन आइडल’ को सिजन १२ चलिरहेको बेला एकाएक सो बन्द हुने हल्ला चलेकोछ ।

सिजन १ देखि ११ सम्म आइपुग्दा यो शो को लोकप्रियता बढदै गएता पनि सिजन १२ ले अन्य सिजनहरुले झैँ टिआरपी पाउन नसकेपछि शो अब बन्द गर्न लागिएको खबर सामाजिक सञ्जालमा आइरहेको छ ।

भारतीय मिडिया अनुसार मार्च अन्तिमसम्ममा सिजन १२ बन्द गराई सुपर डान्स्र च्याप्टर ४ ल्याउने तयारी सोनी टिभीले गरिरहेको छ । टिआरपीका कारण यो शो तोकिएको समयभन्दा छिट्टै सिध्याउने लागिरहेको बताइएको छ । यद्यपि ‘इण्डियन आइडल’ का निर्माताले भने यसबारे कुनैपनि स्पष्टिकरण दिएका छैनन् ।