Fursad Times सोमबार, आषाढ ०१, २०७७

एजेन्सी – बलिउडका युवा अभिनेता सुशान्तसिंह राजपुतले आत्महत्या गरेपछि यतिबेला बलिउड शोकमा डुबेको छ । बलिउड अभिनेता तथा अभिनेत्रीहरुले उनको निधनमा गहिरो दुःख व्यक्त गरेका छन् । राजपूतको निधनलाई लिएर बलिउडका स्टारहरुले एक असल कलाकार गुमाएमा दुःख व्यक्त गर्दै सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।

यस्तैमा बलिउडका अभिनतो सलमान खानले आफ्नो सामाजिक सञ्जाल ट्वीटरमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै सधैँ सम्झनामा रहिरहने बताएका छन् । अभिनेत्री मनिसा कोइरालाले पनि सुसान्त सिंह राजपुतको खबरले आफू निशब्द भएको बताएकी छिन
मुम्बईको बान्द्रास्थित आफ्नै घरमा सुशान्त आइतबार पासो लगाएर छुण्डिएको अवस्थमा मृत फेला परेका थिए ।
राजपुत लकडाउनको समयमा बान्द्रास्थित अपार्टमेन्टमा एक्लै बस्थे। उनी केही समय यता डिप्रेसनमा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

भिडियो हेर्न तल लिंक थिच्नुहोस:

https://youtu.be/yLXgTdo9bJk