Fursad Times शुक्रबार, फाल्गुण २१, २०७७

भक्तपुर – नेपाली चेली मुस्कान खातुनले यो वर्ष अमेरिकी सरकारले प्रदान गर्ने प्रतिष्ठित पुरस्कार पाउँदा आफूलाई थप जिम्मेवारी महसुस भएको र अबका दिनमा यो क्षेत्रमा काम गर्न थप हौसला मिलेको बताएकी छन्। अन्तर्राष्ट्रिय साहसी महिला Iwoc अवार्ड पाउने मुस्कान अहिलेसम्मकै कान्छी र नेपालबाट पहिलो महिला हुन्।

मुस्कानलाई उक्त पुरस्कार मार्च ८ तारिखका दिन भर्चुअल कार्यक्रममार्फत् अमेरिकी प्रथम महिलाले प्रदान गर्नेछिन्।यसअघि यो पुरस्कार पाकिस्तानमा बालिका शिक्षाका लागि वकालत गर्दै आएकी नोबेल शान्ति पुरस्कार बिजेता मलाला युसाफजाइले पनि पाइसकेकी छन्।

“मलालाले पाइसकेको पुरस्कार मैले पनि पाएँ भनेर मलाई खुसी लाग्यो। मैले जस्तै अन्य महिलाले पीडा भोग्नु नपरोस् भनेर अझ धेरै काम गर्छु।”सन् २०१९ मा मुस्कान १५ वर्षकी छँदा एक किशोरका प्रेम-प्रस्ताव अस्वीकार गरेकोमा ते जा ब ह म लाको सिकार भएकी खातुन दुईपटक गरेर करिब सात महिना अस्पतालमा उपचाररत थिइन्।

अनुहार र शरीरमा चोट लागेकी उनले आफू पीडित भएयता एसिड आक्रमण गर्नेलाई कडा कारबाही हुनुपर्ने विषयमा आवाज उठाउँदै आएकी थिइन्। यसअघि बीबीसीसँग अन्तर्वार्ता दिँदै उनले भनेकी थिइन्, “मैले जस्तो कसैले भोग्नु नपरोस्। एसिडले पोलेको दागले मेरो सपना छेक्न सक्दैन।” सरकारले केही महिनाअघि त्यस्तो अपराध गर्नेलाई क डा स जाय हुनेगरी कानुनमा परिवर्तन गरेको थियो।