Fursad Times शुक्रबार, फाल्गुण २१, २०७७

भक्तपुर । सरकार र विद्रोही नेकपाबीच तीन बुँदे सहमति पत्रमा शुक्रबार हस्ताक्षर भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लवको उपस्थितिमा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल र नेकपाको तर्फबाट खड्गबहादुर विश्वकर्मा प्रकाण्डले सहमति पत्रमा हस्ताक्षर गरेका छन्।

यस्ता छन सहमतिका बुँदा

१    नेपाल कम्युनिस्ट पार्टी आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रुपमा गर्न सहमत भएको छ।

२ दुबै पक्ष नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टी देशको राजनीतिक समस्याहरु वार्ता र सम्वादबाट समाधान गर्न सहमत भएका छौं।

३ नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता र कार्यकर्ता रिहाई गर्न र सम्पूर्ण मुद्दाहरु खारेज गर्न सहमत भएको छ।