Fursad Times बिहिबार, फाल्गुण २०, २०७७

भक्तपुर – पाकिस्तान सुपर लिग (पीएसएल)को छैटौँ संस्करण अनिश्चितकालका लागि स्थगित गरिएको छ । केही टिमका खेलाडीलाई कोरोना पुष्टि भएपछि अनिश्चितका लागि पीएसएल स्थगित गरिएको छ ।
इश्लामाबाद युनाइटेड, क्वेटा ग्लाडिटर्स, कराची किंग्सलगायत टिमका खेलाडी तथा स्टाफलाई कोरोना संक्रमण भएको छ । इएसपीएनक्रिकइन्फोका अनुसार अर्को सूचना जारी नभएका सम्मका लागि पीएसएल स्थगित गरिएको हो ।

यो पटकको संस्करणमा नेपाली लेगस्पिनर सन्दीप लामिछानेले पनि पीएसएलमा जोडिएका थिए । उनी राशिद खानको स्थानमा पीएसएलमा जोडिएका थिए ।
यद्यपि यो पटक सन्दीपले एक म्याच पनि खेलेका थिएनन् । लाहोर कलन्दर्समा आवद्ध उनले आज इश्लामाबाद युनाइटेडविरुद्ध खेल्ने तालिका थियो । तर, म्याच नै स्थगित हुन पुग्यो ।