Fursad Times मंगलबार, फाल्गुण १८, २०७७

भक्तपुर । सर्वोच्च अदालतले संसद विघटनको निर्णय असंवैधानिक भन्दै सुनाएको फैसला लगत्तै विघटित प्रतिनीधिसभा सांसद तथा पुर्व मन्त्री महेश बस्नेतले अब पार्टी एकताको कामलाई अघि बढाउनुपर्छ भन्ने अभिब्यक्ति दिए । उनले उपाध्यक्ष वामदेव गौतमले अघि सारेको पार्टी एकता अभियानलाई सघाउनुपर्ने मन्तब्य दिए ।

अहिले उनी प्रधानमन्त्री केपी शर्मा ओली लगायत मुख्य नेताहरुका कारण पार्टी अप्ठेरोमा परेको भन्दै सार्वजनिक रुपमै विरोधमा उत्रिएका छन् । नेता वस्नेतको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । जसमा उनले प्रधानमन्त्री ओली, पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको तिब्र आलोचना गरेका छन् ।

पार्टी एकताको माग गर्दै पहिलो पटक प्रधानमन्त्री ओलीको खुलेर विरोध मात्रै गरेनन् ओलीलाई सुध्रिन चे ता व नि समेत दिएका छन् । नेता बस्नेत प्रधानमन्त्री निकटस्थ मानिने नेता मध्यका एक हुन् । उनले ओलीलाई बा सम्बोधन गर्छन । कुनैबेला प्रधानमन्त्री ओलीले भने, म धरहरावाट समेत हा म फा ल्छु भनेका बस्नेत अहिले ओलीकै आलोचनामा उत्रिएका छन् ।

नेता बस्नेतले भनेका छन्,‘पार्टीमा जर्बजस्ती आफ्ना भनाई लागु गर्न खोज्ने, आफ््ना मात्रै विचारहरु लादेर पार्टीलाई अघि बढाउन चाहाने, केपी ओली एकदमै अटेरी हुनुहुन्छ, कसैका कुरा सुन्नु हुँदैन, सबैलाई पेलेर नै लैजान सक्छु भन्ने भावना छ, जे मन लाग्यो त्यही गर्नु हुन्छ ।’ नेता बस्नेतले प्रचण्ड र माधवको पनि पार्टीप्रतिको चरित्रलाई विश्लेषण गर्दै नेकपा फुटाउनमा ओलीसंगै यी दुई नेताको हात रहेको बताए ।

जनताले २ तिहाई दिएर पठाएको नेकपा फुट्नुमा केपी ओली, प्रचण्ड र माधवको धेरै ठूलो हात भएको उनले बताएका छन् । नेता बस्नेतले प्रधानमन्त्री ओलीलाई पार्टीका निम्ति आफ्ना चरित्र र छवी नसुधारे उनका विरुद्ध आन्दोलन गरिने पनि चे ता व नि दिएका छन् । उनले अब जनताले नै केपी ओलीलाई नछोड्ने चे ता व नि दिएका हुन् । उनले भने,‘यदि केपी ओलीले आफ्नो द म्भ मा अडिएर पार्टी औपचारिक रुपमै विभाजित हुने स्थिति बन्यो र यो मुलुकसंगसंगै नेपाली जनताको भविष्य तुषारापात गर्नु भयो भने तपाईँको विरुद्ध सिंगो जनमत उभिन्छ र सबै कार्यकर्ताहरु लाग्नेछन् ।