Fursad Times सोमबार, फाल्गुण १७, २०७७

भक्तपुए ।। नेपाली लेग स्पिनर सन्दिप आवद्व लाहोरले लक्ष्य पछ्याउने क्रममा कमजोर सुरुवात गरे पनि सान्दार जित निकाले को छ । सुरुवात ३ विकेट ३३ रनको स्कोरमा गुमाउन पुगेको थियो। कप्तान तथाओपनर सोहेल अख्तर र जो डेनलि पहिलो ओभरमा खत नखोली आउट भए भने मोहम्मद हफिज १५ रन बनाए चौथो ओभरमा आउट भए।

चौथो विकेटको लागि ओपनर फखर जमान र बेन डंकले शतकीय साझेदारी गर्दै टिमलाई जिततर्फ डोर्याए। ११९ रनको साझेदारी पछि १८ औं ओभरमा जमानलाई ड्यान क्रिस्टिएनले क्याच आउट गर्दै कराचीलाई खेलमा फर्काए। जमानले ५४ बलमा ८ चौका र ४ छक्का प्रहार गर्दै ८३ रन बनाए। अन्तिम २ ओभरमा जितको लागि ३० रन आवस्यक हुँदा मोहम्मद आमिरले गरेको १९ औं ओभरमा बेन डंकले १ चौका तथा डेभिड वेसले २ चौका र १ छक्का प्रहार गरे। ओभरमा आमिरले २० रन खर्चिए पछि अन्तिम ओभरमा जित्न लाहोरलाई १० रन आवस्यक रह्यो। ड्यान क्रिस्टीएनले गरेको अन्तिम ओभरको पहिलो २ बलमा वेसले लगातार छक्का प्रहार गर्दै लाहोरलाई जित दिलाए। बेन डंकले अविजित ५७ रन बनाए जुन क्रममा ४३ बलमा ५ चौका र २ छक्का प्रहार गरे। यस्तै डेभिड वेसले ९ बलमा ३१ रन बनाउने क्रममा ३ चौका र ३ छक्का प्रहार गरे। डंक र वेसले मात्र १२ बलमा ३७ रनको साझेदारी गरे।
जित पछि ४ खेलमा ३ जित र १ हार बेहोरेको लाहोर ६ अंक सहित अंकतालिकाको दोश्रो स्थानमा रहेको छ। समान अंक रहेता पनि पेशावर नेट रन रेटमा अघि रहँदै शिर्ष स्थानमा छ। कराची किंग्स ४ खेलमा २ जित र २ हार पछि तेश्रो स्थानमा छ। इश्लामावाद चौथो, मुल्तान पाँचौ र क्वेटा छैठौं स्थानमा रहेको छ।