Fursad Times शनिबार, फाल्गुण १५, २०७७

भक्तपुर । नेपाली क्रिकेटर सन्दिप लामिछाने पाकिस्तान सुपर लिग (पीएसएल) खेल्न पाकिस्तानको लाहोर प्रस्थान गरेका छन । पीएसएलको नयाँ सिजन गत हप्ताबाट सुरुवात भईसकेको छ । यस पटककको सिजनमा सन्दीपलाई कुनैपनि टोलीले अनुबन्धन गरेको थिएन । तर सिजन सुरु भएपछि पीएसएलको टोली लाहोर कलन्दर्सले उनलाई टोलीमा आबद्व हुन बोलाएको छ । कारण लाहोर कलन्दर्सका मुख्य खेलाडी तथा अफगानीस्तानका स्पीनर रशिद खान जिम्बाबे र अफगानीस्तानबीचको सिरिजको लागि गएकाले सन्दीपले यसपटकको पीएसएल खेल्ने मौका पाएका हुन ।

सन्दीप आवद्व टोली लाहोर कलन्दर्स अहिले पीएसएलको अंक तालिकामा तेस्रो स्थानमा रहेको छ । प्रतियोगितामा लाहोरले लिगचरणका ६ खेलहरु खेल्न बाँकि रहेको छ । यो अवस्थामा सन्दीपले भोलीहुने खेल बाहेक अन्य खेलहरु खेल्ने सम्भावना रहेको छ ।